नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त – Nepal Press

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेको अध्यक्षमा दीर्घराज मैनालीले नियुक्त भएका छन् । अर्थमन्त्रालयका सह–सचिव मैनालीले सोमबार पद बहाली गरेका हुन् । अर्थ मन्त्रालय भन्दा अघि उनि राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारीमा थिए ।

अर्थमन्त्रालयको असार १४ गतेको निर्णयबाट मैनालीलाई नेप्सेको सञ्चालक तथा अध्यक्षमा मनोनयन गरिएको हो । लक्ष्मण न्यौपानेको कार्यकाल सकिएपछि अध्यक्षमा मैनालीलाई मनोनयन गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर