काठमाडौंमा ‘पिक एन्ड ड्रप’ प्रणालीमा सवारी साधन चल्न पाउने – Nepal Press

काठमाडौंमा ‘पिक एन्ड ड्रप’ प्रणालीमा सवारी साधन चल्न पाउने

खुलामचंको बसपार्क हटाइने

काठमाडौं । अब काठमाडौं महानगरपालिका क्षेत्रमा पिक एन्ड ड्रप प्रणालीमा सार्वजनिक सवारी संचालन हुने भएको छ । खुलामंचमा रहेको बसपार्क हटाएर यस्तो प्रणाली अपनाउन लागिएको महानगरले जनाएको छ ।

महानगरको यस्तो निर्णयपछि खुलामंचको अस्थायी बसपार्कमा पार्किङ हुने र यात्रु उठाउने सबै सवारी साधनले पिक एन्ड ड्रप (यात्रु उठाउने र झार्ने) शैलीमै सेवा संचालन गर्नुपर्नेछ ।

मंगलबार काठमाडौं महानगरपालिका र यातायात व्यवसायीबीच भएको छलफलमा यस्तो सहमति जुटेको हो । महानगरपालिकाका अनुसार न्यूरोड, बीर अस्पताल र रत्नपार्क क्षेत्रमा अबदेखि पिक एन्ड ड्रप शैलीमै सवारी चल्नेछन् र ती ठाउँमा यात्रु झार्न र चढाउन सोहीअनुसार व्यवस्था गरिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर