पाकिस्तानद्वारा नेपाललाई ४३ मिलियन रुपैयाँको स्वास्थ्य सहायता – Nepal Press

पाकिस्तानद्वारा नेपाललाई ४३ मिलियन रुपैयाँको स्वास्थ्य सहायता

काठमाडौं । कोभिड-१९ महामारीविरुद्ध पाकिस्तानले नेपाललाई ४३ मिलियन रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बराललाई राजदूत सैयद हैदर साहले चेक हस्तान्तरण गरे ।

महामारीविरुद्धको सहायताका लागि सचिव बरालले पाकिस्तानलाई धन्यवाद दिएको दूतावासले जनाएको छ । उक्त सहयोग रकम महामारी र विपद्विरुद्ध लड्न खडा गरिएको सार्क फन्डबाट उपलब्ध गराइएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर