रोपाइँको रौनक ! हेर्नुस् तस्वीर – Nepal Press
रोपाइँको रौनक ! हेर्नुस् तस्वीर
राष्ट्रिय धान दिवस
नेपाल प्रेस २०७८ असार १५ गते १३:५८
२०७८ असार १५ गते १३:५८

काठमाडौं । आज असार १५, अर्थात राष्ट्रिय धान दिवस । २०६१ सालमा सरकारले आजको दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।

आज मुलुकभर नै रोपाइँ उत्सव गरेर यो दिवस मनाइँदैछ । दही-चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखि नै छ । मानो रोपेर मुरी उब्जाउने यो बेला कोरोना संक्रमणको जोखिमकै बीच बिहानदेखि साँझसम्म कृषकलाई चटारो छ ।

नेपालमा खेती हुने कुल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । त्यसमा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने कृषि विभागले जनाएको छ । विभिन्न कारण मानिसमा खाद्य संस्कृतिको परिवर्तनले आन्तरिक उत्पादनले माग नधान्दा चामल आयातको क्रम भने बढ्दो छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली, जन्मनुअघिदेखि मृत्युपर्यन्तसम्म धानको प्रयोग हुने मुलुकमा अनुसन्धान गरी हाइब्रिड धानको विकास जरुरी रहेको बताउँछन् ।

कोरोनाको जोखिमका कारण सरकारी तबरबाट हुने राष्ट्रिय धान दिवस समारोह भने आज औपचारिकतामा सीमित भएको छ ।