दुई महिनापछि काठमाडौंमा गुड्न थाले सार्वजनिक बस – Nepal Press
दुई महिनापछि काठमाडौंमा गुड्न थाले सार्वजनिक बस
फोटो फिचर
नेपाल प्रेस २०७८ असार १५ गते ११:२९
२०७८ असार १५ गते ११:२९

काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा आजदेखि थप खुकुलो बनाइएको छ ।

संक्रमण दर घट्न थालेपछि केही क्षेत्र खुल्ला गर्दै निषेधाज्ञा सहज बनाइएको छ । सो क्रममा दुई महिनापछि काठमाडौंका सडकमा सार्वजनिक बस चल्न थालेका छन् । आजदेखि २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीमा संचालन गरिएको छ ।

हाललाई उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र खुल्ला गरिएको सार्वजनिक सवारीमा स्वास्थ्य मापदण्ड भने पालन गर्नुपर्नेछ । गाडीको ढोकामा स्यानिटाइजर राख्नुपर्ने, मास्क अनिवार्य प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गरेर सिटमा बस्नुपर्ने लगायतका सर्तसहित सवारी संचालन शुरू गरिएको हो । तर, आज पहिलो दिन सडकमा फाट्टफुट्ट मात्र गाडी देखिएका छन् । लामो समय थन्काइएका गाडी सर्भिसिङ गरेर चलाउनुपर्ने तथा कोरोना त्रास कायमै रहेकोले पनि धेरै गाडी संचालनमा नआएको बताइएको छ ।