कोपा अमेरिका: अर्जेन्टिनाको जितमा मेसीको दुई गोल – Nepal Press

कोपा अमेरिका: अर्जेन्टिनाको जितमा मेसीको दुई गोल

काठमाडौं । कप्तान लियोनेल मेसीको दुई गोलप्रेरित अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को समूह चरणको अन्तिम खेलमा बोलिभियालाई ४-१ गोलको नतिजामा पराजित गरेको छ ।

एरिना पन्तनालमा भएको खेलको छैठौं मिनेटमा अलेजान्ड्रो गोमेजले गरेको गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो । बोलिभियामाथि निरन्तर आक्रमण गरेको अर्जेन्टिनाका लागि ३३औं मिनेटमा पेनाल्टीमार्फत् र ४२औं मिनेटमा ओपन प्लेमा कप्तान मेसीले गोल गरेका थिए ।

पहिलो हाफमा ३-० ले पछि परेको बोलिभियाका लागि एर्विन साभेड्राले ६०औं मिनेटमा एक गोल फर्काएका थिए । त्यसको पाँच मिनेट नबित्दै अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले चौथो गोल गरे ।

यस्तै मंगलबार बिहान नै भएको अर्को खेलमा इन्डिसन कभानीको निर्णायक गोलप्रेरित उरुग्वेले पाराग्वेलाई १-० को नतिजामा पराजित गरेको छ ।

कभानीले २१औं मिनेटमा पेनाल्टीमार्फत् गरेको एक मात्र गोल निर्णायक बन्यो ।

जितसँगै समूह विजेता बनेको अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्‍वेडरको सामना गर्नेछ । त्यस्तै उरुग्वेले कोलम्बियासँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर