बुधबारदेखि तराई क्षेत्रमा मनसुन बढी सक्रिय, पहाडी भू-भागमा पहिरोको जोखिम – Nepal Press

बुधबारदेखि तराई क्षेत्रमा मनसुन बढी सक्रिय, पहाडी भू-भागमा पहिरोको जोखिम

काठमाडौं । बुधबारबाट नेपालको तराई क्षेत्रमा मनसुन बढी सक्रिय हुनेछ ।

मनसुनी न्यून चापीय रेखा नेपालको तराई नजिक हुने भएकाले प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहने मौमम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वर्षाका कारण पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर