पक्राउ परेका सपना रोका मगरसहितका १७ अभियन्ता रिहा – Nepal Press

पक्राउ परेका सपना रोका मगरसहितका १७ अभियन्ता रिहा

काठमाडौं । सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा काठमाडौंको अनामनगरबाट पक्राउ परेका हाम्रो टीम नेपालका १७ जना अभियन्ता ६ घण्टापछि बेलुका रिहा भएका छन् ।

अभियन्ता सपना रोका मगरसहित सबैजनालाई प्रहरीले पक्राउ गरेर भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखेको थियो । सपना बीबीसीको संसारकै प्रभावशाली महिलाको एकसय जनाको सूचीमा समावेश भएकी थिइन् ।

रिहा भएपछि मिडियासँग कुरा गर्दै सपनाले सार्वजनिक हितमा काम गर्दा पक्राउ गर्ने काठमाडौं महानगरको कार्यले आफूलाई निरुत्साहित तुल्याएको बताइन् । समाजसेवीलाई सहयोग गर्न उनको आग्रह छ ।

महानगरपालिकासँग समन्वय नगरी सार्वजनिक जग्गा मिचेको भन्दै उनीहरुलाई सोमबार बिहान ११ बजे पक्राउ गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *