टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला – Nepal Press

टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त भएका छन् ।

डा. सागरराज भण्डारीले अवकाश पाएपछिटेकुका प्रमुख कन्सलटेन्ट सरुवारोग विशेषज्ञ डा. बास्तोलालाई टेकु अस्पतालको निर्देशकमा नियुक्त गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार उनलाई निर्देशकमा नियुक्त गरेको हो । उनले आजैदेखि पदभार सम्हालेका छन् ।
बास्तोला यसअघि टेकु अस्पतालको प्रवक्ता समेत रहेका थिए ।


प्रतिक्रिया

One thought on “टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला

  1. Many congratulation Dr Anup! This is very appreciable decision of MOHP, Nepal Government. Such a decision is the reward of dedication, hard-work and honesty, hence encourages other doctors to follow the ways of Dr Anup.

Leave a Reply to Ramesh Pokharel Cancel reply

Your email address will not be published. Required fields are marked *