नेपालमा डिजिटल भिसा प्रणाली लागू, पहिलो भिसा तेन्जिङलाई – Nepal Press

नेपालमा डिजिटल भिसा प्रणाली लागू, पहिलो भिसा तेन्जिङलाई

काठमाडौं । नेपालमा पहिलोपटक डिजिटल भिसा प्रणाली लागू भएको छ । ४५ वर्षदेखिको हस्तलिखित भिसा प्रणाली प्रतिस्थापन गर्दै गृहमन्त्री विष्णु पौडेलले डिजिटल भिसा प्रणालीको शुभारम्भ गरेका हुन् ।

आज अध्यागमन विभागमा आयोजित कार्यक्रममा गृहमन्त्री पौडेलले क्यूआर कोडसहितको प्रिन्टेड भिसा प्रणालीको शुभारम्भ गर्दै पोर्चुगलका नेपाली मूलका नागरिक तेन्जिङ नोर्बु लामालाई भिसा प्रदान गरेका छन् ।

क्यूआर कोडसहितको प्रिन्टेड भिसा प्रणालीमा कम्युटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले नै भिसा उत्पन्न गरी भिसा स्टिकर छपाइ गर्ने हुँदा त्रुटि हुने सम्भावना कम हुन्छ । सँगै सेवा प्रबाह पनि छिटो छरितो हुने अध्यागमन विभागले जनाएको छ ।

अब नेपालको भिसा अन्तरर्राष्ट्रिय मापदण्ड अनुसारको हुनेछ । यो सेवा निकट भविष्यमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र देशभरका सबै अध्यागमन कार्यालयमा समेत विस्तार गरिने विभाग योजना छ ।

डिजिटल भिसा शुभारम्भ कार्यक्रममा गृहमन्त्री पौडेलले नेपालको भिसा अन्तर्राष्ट्रियस्तरको भएको भन्दै यसले देशको राष्ट्रिय सुरक्षामा समेत सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *