नेपालसहितका २४ मुलुकलाई बेल्जियमद्वारा यात्रा प्रतिबन्ध – Nepal Press

नेपालसहितका २४ मुलुकलाई बेल्जियमद्वारा यात्रा प्रतिबन्ध

काठमाडौं । बेल्जियमले नेपालसहितका २४ देशहरुलाई यात्रा प्रतिबन्ध लगाएको छ । शनिबारदेखि लागु हुने गरी कोरोनाभाइरसको डेल्टा प्रजाति फैलिएका मुलुकबाट त्यहाँ जान रोक लगाइएको हो ।

गत अप्रिलमा पनि बेल्जियमले भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट त्यहाँ जान रोक लगाएको थियो । भाइरसको उच्च जोखिम रहेको भन्दै नेपालसहितका २४ देशसँग यात्रा प्रतिबन्ध लगाएको हो ।

दक्षिण एसियाका अन्य मुलुकहरु बंगलादेश, पाकिस्तान लगायत अफ्रिकी मुलुकहरु छन् । यसअघि बेलायत, जर्मनी लगायतका युरोपेली मुलुकले अहिले पनि नेपाललाई यात्रा प्रतिबन्ध लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर