रुपन्देहीमा भोलिदेखि सार्वजनिक यातायातमा जोरबिजोर – Nepal Press

रुपन्देहीमा भोलिदेखि सार्वजनिक यातायातमा जोरबिजोर

रुपन्देही । दुई महिनापछि रुपन्देहीमा सार्वजनिक यातायात चल्ने भएका छन् । कोरोना संक्रमणको चेन ब्रेक गर्न बैशाख १६ गतेदेखि रुपन्देहीमा निषेधाज्ञासँगै बन्द भएका सार्वजनिक यातायात मंगलबारदेखि जोरबिजोर बनाएर संचालन गरिने भएको छ ।

सोमबार बसेको डिसिएमसीको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए ।

जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात चल्ने भएपनि जिल्लामा लगाइदै आएको निषेधाज्ञा भने एकसाताका लागि थप गरिएको छ । निषेधाज्ञामा धेरै मानिस जमघट हुने कार्यक्रम, होटल, विद्यालय, फिल्म हाउसलगायत संचालन गर्न पाइनेछैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर