झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम करिब ८ अर्ब – Nepal Press

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम करिब ८ अर्ब

काठमाडौं । नेप्से परिसूचक आज ५.११ अंकले बढ्दै २८७५.५० विन्दुमा बन्द भएको छ ।

१ करोड ९२ लाख ८२ हजार ८१५ कित्ताको सेयर किनबेचमा आज ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७१६ रूपैयाँ कारोबार भएको छ । आज बैंकिङ होटल एण्ड टुरिजम, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स, म्यूचल फण्ड तथा उत्पादन समूहबाहेकका समूह रातो भएका छन् ।

माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै २.१९ प्रतिशतले बढेको छ । यस्तै, अपर तामाकोशीको कारोबार ६६ करोड बराबरको भयो । यसैगरी आज सबैको लघुवित्त संस्थाको सेयर मूल्य ८ प्रतिशतले बढ्न पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर