कञ्चनपुरमा सबै सवारी साधान चल्ने, कैलालीमा पनि निषेधाज्ञा खुकुलो बनाइँदै – Nepal Press

कञ्चनपुरमा सबै सवारी साधान चल्ने, कैलालीमा पनि निषेधाज्ञा खुकुलो बनाइँदै

कैलाली । कञ्चनपुरमा सबैखाले सवारीसाधन चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी निषेधाज्ञा खुकुलो पार्दै सवारी साधनसँगै उद्योग तथा कलकारखाना पनि सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

प्रशासन कार्यालयले निषेधाज्ञा भने एक साता थप गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए । प्रशासनको निर्णयअनुसार अब जिल्लाका सबै प्रकारका सवारी साधन बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म चल्न पाउने छन् । अत्यावश्यक सवारी साधनलाई निर्बाध रुपमा सञ्चालन गर्न दिइनेछ ।

जिल्ला बाहिर जाने एम्बुलेन्स र मालबहाक साधनबाहेक अन्य सवारी साधनलाई जिल्ला प्रशासन कार्यालयले पास दिने भएको छ ।

स्वास्थ्य सेवा, पेट्रोलियम पदार्थलगायतका अत्यावश्यक पसल निर्बाध रुपमा सञ्चालन हुने छन् । यसबाहेकका पसलहरू बिहान ६ बजे देखि बेलुकी ६ बजेसम्म खोल्न दिइने छ ।

उद्योग तथा कलकारखाना तथा निजी निर्माण कार्य पनि स्वास्थ्य मापदण्ड पालना गरेर अघि बढाउन भनिएको छ ।

प्रशासनले अझै पनि सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार गर्न भने रोक लगाएको छ । शैक्षिक संस्थाले भौतिक उपस्थितिमा पठन पाठन तथा परीक्षा सञ्चालन गर्न रोक लगाइएको छ ।

त्यस्तै, कैलालीमा पुनः एक साता निषेधाज्ञा थप गर्ने तयारी भइरहेको छ । मंगलबार जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप गर्ने जनाइएको छ । यसपटक अझै खुकुलो बनाउँदै निषेधाज्ञा हुन सक्ने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *