इजलासलाई ‘जिस्क्याउने’ विपक्षी गठबन्धनका वकिलको यो सूची (नाम र समयसहित) – Nepal Press

इजलासलाई ‘जिस्क्याउने’ विपक्षी गठबन्धनका वकिलको यो सूची (नाम र समयसहित)

काठमाडौं । संवैधानिक इजलासमा शेरबहादुर देउवाको पक्षबाट बहसममा भाग लिन उभिएकी वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सोधे- ‘रिट निवेदकले ५ र ३ मिनेट त के समय छुट्याएको हो ? यो त इजलासलाई जिस्काएजस्तो भयो । यहाँ आएर उभिएर जाने हो ?’

वरिष्ठ अधिवक्ता भण्डारी शुरूमै बहस गर्न उभिएकी थिइन् र उनलाई १० मिनेट समय तोकिएको थियो । तर यो समय इजलासले होइन रिट निवेदक पक्षले नै तोकेको हो ।

विपक्षी गठबन्धनमा पाँच दल छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा । उनीहरूका आ-आफ्ना कानून व्यवसायी छन् ।

आकारमा माधव पक्ष सानो भए पनि नाम चलेका र प्रभावशाली वकिल माधव पक्षकै छन् । त्यसैले शम्भु थापाजस्ता वरिष्ठ अधिवक्ताले डेढ घण्टासम्म बहस गर्न पाए ।

यसपटक संवैधानिक इजलासले रिट निवेदक पक्षका वकिललाई १२ घण्टाभित्र बहस सक्न समय तोकेको थियो । आइतवार २ घण्टा ३५ मिनेट बाँकी रहँदा भण्डारीले १० मिनेट पाएकी थिइन् ।

रिट निवेदक पक्षका वकिलहरू धेरैको चाहना आफूले बहस गर्न पाउनुपर्ने भएपछि दामासाहीले समय बाँड्दा ३ मिनेटदेखि आधा घण्टा समय तोकेर सूची तयार पारिएको थियो ।

सोही सूची अनुसार बहस गर्न उभिएपछि इजलासबाट प्रश्न उठाइएको हो । विपक्षी गठबन्धनका वकिलको समय निर्धारण गरिएको सूची यस्तो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर