काठमाडौं भित्रिने सवारीको चाप, नौबिसेसम्म जाम – Nepal Press
काठमाडौं भित्रिने सवारीको चाप, नौबिसेसम्म जाम
फोटो फिचर
नेपाल प्रेस २०७८ असार १३ गते १२:०१
२०७८ असार १३ गते १२:०१

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणको लागि लगाइएको निषेधाज्ञा खुकुलो भएसँगै संघीय राजधानी काठमाडौं भित्रिने सवारीको चाप पनि बढेको छ ।

काठमाडौं छिर्ने मुख्य नाका थानकोट, साँगा, बालाजु बाइपास, बल्खुलगायतको क्षेत्रमा सवारी चेकजाँच बढाइएको छ ।

प्रशासनको अनुमति लिएर अत्यावश्यक कामका लागि आउनेहरूलाई मात्र काठमाडौं छिर्न दिइने नियमका कारण ट्राफिक र नेपाल प्रहरीको संयुक्त टोलीले चेकजाँचमा कडाइ गरेको हो ।

थानकोटमा सवारी जाँच बढेकाले नौबिसेसम्म जाम बढेको छ ।