‘फर्स्ट लेडी’ राधिका शाक्यको पहिलो पुस्तक : यी हुन् उनले खुलाएका १० ‘सेक्रेट्स’ – Nepal Press
पुस्तक समीक्षा

‘फर्स्ट लेडी’ राधिका शाक्यको पहिलो पुस्तक : यी हुन् उनले खुलाएका १० ‘सेक्रेट्स’

केही सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीसँग भेट भए पनि फस्ट लेडी राधिका शाक्यलाई मैले प्रत्यक्ष भेटेको छैन ।

भेटेर आएकाहरूका कुराले भने उनीप्रति चासो बढाएका छ । कतिपय प्रधानमन्त्रीपत्नीहरूको जस्तो आफैं शक्ति केन्द्र हुने आदत शाक्यमा नभएको धेरैले सुनाउँथे । उनमा शक्ति केन्द्र बन्नेदेखि राजनितिक लाभ लिने लोभ पनि देखिन्न ।

अर्थशास्त्र र इतिहासमा स्नातकोत्तर गरेकी उनीसँग शैक्षिक पृष्ठभूमि कमजोर छैन । विसं २०३६देखि २०६८ सम्म नेपाल रास्ट्र बैंकको उच्च पदसम्म काम गरेकी उनमा अर्थतन्त्रदेखि कर्मचारीतन्त्र सबैको फस्टह्यान्ड अनुभव नभएको पनि हैन ।

२०३४ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेकी काठमाडांकी रैथाने शाक्यले चाहँदा पति शक्तिमा हुँदा लिन नसक्ने कुनै पद थिएन । पञ्चायत कालमै विद्यार्थी राजनितिमा सक्रिय उनको राजनितिक लिगेसीलाई समेत कसैले च्यालेन्ज गर्ने तर्क छैन । यद्यपि उनले यी सबैलाइ प्रयोग गरेर शक्ति र सत्तासँग आफै जोडिन इच्छा नदेखाएको ओपन सेक्रेट छ ।

२०३० असोज २३ गते रौतहटबाट पक्राउ परेर गौर कारागार, विरगञ्ज कारागार, काठमाडौंको भद्रगोल जेल, सेन्ट्रल जेल, नख्खु जेल लगायतमा जेल जीवन बिताएर ओलीले भोगेको स्वास्थ्य समस्या, जेल सार्ने नाममा हुने हत्या प्रयासदेखि गोलघर तथा जेलमा हुने यातनाका फेरिहस्त उनले निकैपछि मात्रै मसिनो गरी जानकारी पाएको उल्लेख गरेकी छन् ।

यी र यस्तै कुराले फस्ट लेडी बारेमा धेरैको जस्तै मेरो पनि चासो आएको हो । त्यही चासोले मलाई उनले हालसालै प्रकाशन गरेको पुस्तक ‘मेरा अनुभुति’ले तान्यो । पुस्तकमा शाक्यले आफ्नो बारेमा बढाइचढाइ केही लेखेकी छैनन् । न त आफ्नो शैक्षिक र राजनितिक कुराहरूको बखान गरेकी छन् ।

मात्रै उनले ओलीसँगको दाम्पत्यदेखि ओली पटकपटक बिरामी भएपछिका नेपाल, भारत, थाइल्यान्ड, सिंगापुर देखी अमेरिकी अस्पतालका कथा उल्लेख गरेकी छन् ।

ओलीलाई गाँजेका टीबी, अल्सर, पायल्स, निमोनिया, हर्निया, एपेन्डिसाइटिस, मेनिन्जाइटिस, किड्नी लगायतका रोगहरूका दुःखको प्रत्यक्ष साक्षी भएका मनोवाद पुस्तकमा छन् । पुस्तकमा राजनीतिक धारणा र मूल्यांकनको जिम्मा ‘विज्ञहरूलाई’ दिने भन्दै उनले धेरै बोलेकी छैनन् । तर, घुमिफिरी केहि राजनितिक कुराहरू पुस्तकमा आएका छन् । जसमा अहिलेसम्म सार्वजनिक आम जानकारीमा नभएका केही कुरासमेत छन् ।

१. ओलीको विस्तृत जेल वृत्तान्तबारे २०७६ मा मात्रै जानकारी

तत्कालीन झापा विद्रोहका नेता केपी शर्मा ओली २०४४ असार ११ गते १४ वर्ष लामो जेल जीवन बिताएर रिहाइ भए । रिहाइ भएको ८ महिनापछि पार्टीकै कार्यकर्ता राधिका शाक्यसँग ओलीको २०४४ फागुनमा पार्टीगत र पारिवारिक रुपमा बिहे भएको थियो ।

बिहेको समयमा ओलीको जर्जर स्वाथ्य बारेमा लेख्दै शाक्यले भनेकी छन्, ‘टाउकोमा एक थोपो पानी पर्दा ज्वरो आउँथ्यो ।’

जेल जीवनबाट दाम्पत्य जीवनमा आएका ओली र शाक्यको यसबारेमा विस्तृत कुराकानी भने ३२ वर्षपछि मात्रै भएको रहेछ । सुन्दा रोचक लाग्ने यो खुलासा शाक्यले गरेकी छन् ।

२०७६ कात्तिक २० गते राति १ बजे मात्रै आफूले ओलीबाटै विस्तृत जानकारी पाएको शाक्यले उल्लेख गरेकी छन् ।

२०३० असोज २३ गते रौतहटबाट पक्राउ परेर गौर कारागार, विरगञ्ज कारागार, काठमाडौंको भद्रगोल जेल, सेन्ट्रल जेल, नख्खु जेल लगायतमा जेल जीवन बिताएर ओलीले भोगेको स्वास्थ्य समस्या, जेल सार्ने नाममा हुने हत्या प्रयासदेखि गोलघर तथा जेलमा हुने यातनाका फेरिहस्त उनले निकैपछि मात्रै मसिनो गरी जानकारी पाएको उल्लेख गरेकी छन् ।

२. जेलमा बस्दा ओलीलाइ डाक्टरबाटै नियतवश तनाव

सामान्यतयाः डाक्टरले बिरामीलाई सत्ता, विद्रोही, मित्र र दुश्मनको आँखाले हेर्न मिल्दैन । हेर्नेपनि गर्दैनन् । तर, ओलीलाई जेलमा हुँदा डाक्टरले नै पेशागत धर्म विपरीत गएर तनाव दिएको शाक्यले लेखेकी छन् ।

२०६९ वैशाख १९देखि सुरु भएको माओवादी आन्दोलनलाई बिफल पार्ने रणनीति बारे उनी लेख्छिन, ‘माओवादीको उक्त आन्दोलन विफल पार्नकै लागि हामीले बालकोटको घर छाडेर सहरमा आएर बस्यौँ । उक्त आन्दोलन बिफल बनाउने योजनाको नेतृत्व केपीजीले गर्नुभएको थियो ।’

पञ्चायतकालीन जेलमा हुँदा डाक्टर पुस्कर भारतीले राम्रो औषधि लेखेर दिँदा अर्का डाक्टर आनन्द बहादुर श्रेष्ठले भने त्यसलाई च्यातेर जनकपुर सरुवा गरिदिएको मार्मिक कुरा शाक्यले ओलीलाई २०७६ कार्तिक २० गते राति १ बजेको कुरा उदृत गर्दै लेखेकी छन् ।

तर, डाक्टर आनन्द बहादुर श्रेष्ठ बाहेकका सबै डाक्टरहरूले भने पुस्तकमा नामै लिएर तारिफ गरिएको छ ।

३. माओवादीसँगको दिल्ली सम्झौताको तयारीमा २ महिना दिल्ली बसाइ

माओवादीसँगको शान्ति प्रक्रियामा ओलीको कुनै पनि भूमिका नभएको माओवादी नेताहरू सार्वजनिक मञ्चहरूमा पटकपटक दोहोर्‍याउने गर्छन् । तर, दिल्ली सम्झौताको तयारीमा ओली २०६२ सालमा दुई महिना दिल्ली बसेको शाक्यले उल्लेख गरेकी छन् ।

र त्यही बसाइको क्रममा माओवादी नेतालाई एपोलो अस्पताल कुर्दाकै समयमा एपोलोमा ओलाीको स्वाथ्य परीक्षण भएको थियो । तर, सामान्य रुपमा भएको परीक्षण नेपाल आएको चार महिनापछि भएको नेपाल बन्दको दिन हेर्दा मात्रै मिगौलामा समस्या भएको देखिएको शाक्यले उल्लेख गरेकी छन् ।

४. दिल्लीमा ओलीले प्रथम किड्नी फेर्दा डाक्टर शेखर कोइराला भेट्नै पुगे, माधव नेपालको फोन मात्रै

२०६२ सालमा दिल्ली यात्रामा सामान्य स्वाथ्य जाँचमा मिर्गौलामा समस्या देखिएपछि ओली उपचारको लागि दुई वर्षपछि सोही अस्पताल पुगे । २०६४ साउन १४ गते सोमबार उनको अपरेसन सफल भयो । आफ्नी भाइबुहारी अन्जना ओलीले दिएको मिर्गौला प्रत्यारोपण सफल भएको थियो ।

तर, उपचारको क्रममा पार्टीका शीर्ष नेताहरू कोही अस्पतालमा नआएको शाक्यले उल्लेख गरेकी छन् । बरु कांग्रेस नेता डाक्टर शेखर कोइराला आफैं आएको तर माधव नेपालले भने फोन मात्रै गरेको उनले लेखेकी छन् ।

५. एमाले अधिवेशनमा प्रमुख अतिथि बोलाएका प्रचण्डको ओलीविरुद्ध सार्वजनिक लबिङ

सामान्यतयाः प्रमुख अतिथिले कसैको पक्षमा लबिङ गर्दैनन् ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डले भने एमालेको बुटवलमा भएको आठौँ महाधिवेशनमा झलनाथ र ओलीको चुनावी प्रतिस्पर्धामा खुलेर झलनाथलाई जिताउन आग्रह गरेको शाक्यले उल्लेख गरेकी छन् ।

उक्त अधिवेशनमा मतगणनामा माधव नेपालको साथमा एकलौटी स्वयंसेवक राख्नेदेखि संख्या बढाइएको भन्दै उनले आठौँ महाधिवेशनमा पार्टी सत्ता र राज्यसत्ता दुवैले ओलीलाई पेलेको उल्लेख गरेकी छन् ।

६. माधव नेपालको सरकार माओवादी आन्दोलबाट जोगाउन ओलीले डेरा लिएरै प्रतिकार रणनीतिमा

तत्कालीन प्रधानसेनापती रुक्मांगत कटुवाललाई गैरकानूनी तवरले हटाउन खाजेपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए, प्रचण्डले । सडकमा आएपछि माधव नेपाल सरकारलाई कठपुतली सरकार भन्दै ‘नागरिक सर्वोच्चता’को नाममा माओवादी आन्दोलन भएको थियो ।

निर्वाचित सरकार हटाएर सडकबाट सत्ता ल्याउन खोजेको भन्दै ओलीले माधव नेपाल सरकार जोगाउन भत्तपुर निवास बालकोटको घर छाडेर डेरा लिएर प्रतिकार रणनिति बनाएको शाक्यले उल्लेख गरेकी छन् ।

२०७६ फागुन ११ को जन्मदिन प्रसंग ल्याउँदै उनी लेख्छिन्, ‘समयले साथ दिएसम्म उहाँकै जन्मघर तेह्रथुम जिल्ला आठराई गाँउपालिका इवामा गएर जन्मदिन मनाउने संकल्प गरेकी थिएँ । किनकि उहाँलाई त्यस ठाँउको असाध्यै माया छ ।’

२०६९ वैशाख १९देखि सुरु भएको माओवादी आन्दोलनलाई बिफल पार्ने रणनीति बारे उनी लेख्छिन, ‘माओवादीको उक्त आन्दोलन विफल पार्नकै लागि हामीले बालकोटको घर छाडेर सहरमा आएर बस्यौँ । उक्त आन्दोलन बिफल बनाउने योजनाको नेतृत्व केपीजीले गर्नुभएको थियो ।’

नभन्दै एक हप्तामै माओवादीले आन्दोलन फिर्ता लियो । माधव नेपालको सरकार थप २३ महिनासम्म चल्यो ।

७. स्वाथ्यको मामिलामा आत्मविश्वासी ओली, डाक्टरलाइ नै सरप्राइज

जर्जर स्वाथ्य भए पनि ओलीको आत्मविश्वास अत्यन्तै बलियो भएकाले नै अहिलेसम्म बाँचेको शाक्यले उल्लेख गरेकी छन् ।

अस्पतालमा हुँदा पनि सामान्य हल्का हुने बित्तिकै बेडबाट ओर्लेर सोफामा बस्ने र पढ्ने शाक्यले लेखेकी छन् । ओलीको यही आत्मविश्वाले धेरैपटक डाक्टरहरूको अनुमान समेत गलत साबित भएको शाक्यले लेखेकी छन् ।

थाइल्यान्ड उपचारको क्रममा त डाक्टरले बाँच्ने आधार २० प्रतिशत हुँदा पनि ओलीले मृत्यु जितेको प्रशंग शाक्यले ल्याएकी छन् ।

८. ओलीको स्वाथ्यमा पार्टीभित्रैबाट अमानवीय राजनीति

ओलीले जस्तै नेपालका प्रधानमन्त्रीहरूमा गिरिजाप्रसाद कोइरालादेखि सुशिल कोइरालाले पनि धेरैपटक अस्पताल धाउनु परेको तर ओलीको मात्रै सर्वत्र मिडियामा आलोचना भएकोमा शाक्यले दुःखेसो गरेकी छन् । उनले सबैभन्दा दुःखेसोचाहिँ सिंगापुरमा हुँदा ओलीको उपचारताका एमालेको नवौँ महाधिवेशन अगाडिको घटनामा गरेकी छन् ।

उनले लेखेकी छन्, ‘नेपाल टेलिभिजनको आजको अन्तरवार्तामा एमालेका नेता जगन्नाथ खतिवडाको कुरा सुनेँ । उनले केपी ओली मर्न मात्र बाँकी भएको, तुरुन्तै मरिहाल्ने, महाधिवेशनमा यस्तालाई नेतृत्व दिनु हुँदैन आदि आदि कुरा गरेर पार्टीका कार्यकर्तालाई माधव नेपालतिर आउन भनेका रहेछन् । केपीजीको स्वाथ्यलाई लिएर भइरहेको राजनिति देख्दा मलाइ दुःख लाग्यो ।’

९. तेह्रथुमको जन्मस्थान इवामा पुगेरै जन्मदिन मनाउने कन्सेप्ट राधिकाकै

२००८ फागुन ११ मा तेह्रथुमको इवामा जन्मेका ओलीले शाक्यसँग धेरैनै आफ्नो जन्मस्थानको कुरा गर्ने गथे । यही उनको गाँउको प्रेमलाई सम्बोधन गर्न आफूले २०७६ को जन्मदिन गाँउमै मनाउने योजना बनाएको शाक्यले लेखेकी छन् ।

२०७६ फागुन ११ को जन्मदिन प्रसंग ल्याउँदै उनी लेख्छिन्, ‘समयले साथ दिएसम्म उहाँकै जन्मघर तेह्रथुम जिल्ला आठराई गाँउपालिका इवामा गएर जन्मदिन मनाउने संकल्प गरेकी थिएँ । किनकि उहाँलाई त्यस ठाँउको असाध्यै माया छ ।’

१०. पीएचडी गर्न ओलीको निरन्तर ताकेता

पढाइमा एसएसलीबाटै अब्बल शाक्यले अर्थशास्त्र र इतिहासमा स्नातकोत्तर गरेकी छन् । उनलाइ पिएचडी अर्थात् विद्यावारिधि गर्न एक खुड्किलो मात्रै बाँकी छ ।

उनलाई पिएचडी गर्न ओलीले नै बारम्बार ताकेता गरेको उल्लेख गरेकी छन् । तर, आफूले गर्ने वा नगर्ने बारेमा भने पुस्तकमा उनी मौन छिन् ।


प्रतिक्रिया

2 thoughts on “‘फर्स्ट लेडी’ राधिका शाक्यको पहिलो पुस्तक : यी हुन् उनले खुलाएका १० ‘सेक्रेट्स’

  1. पुस्तक पढ्ने रहर थियाे,तेह्रथुममा पाएकाे थिएन,Birat भाइकाे सूक्ष्म र बिश्लेषणात्मक कृति समीक्षा पढेर धाेकाे पूरा भयाे,तपाईंको कलमले निरन्तरता पाईरहाेस्,कृति समीक्षाकाे क्षेत्रमा!

  2. समाचार पढ्दै मजा आयो किताब नि पढ्नै परो म लाई हतपत आत्मबृतान्त पढ्न ह्याङ्ग लाग्छ धेर गनगन गरे जस्तो लाउच लेखकले तर राधिका काकीको पढ्ने भए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर