एमालेको रियल लिडर माधवजी हो, केपी ओली चाहिँ खस्किदैछन् : प्रचण्ड – Nepal Press

एमालेको रियल लिडर माधवजी हो, केपी ओली चाहिँ खस्किदैछन् : प्रचण्ड

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउँछ, संसद पुनःस्थापना हुन्छ

काठमाडौं । नेकपा (माओवादी) केन्द्रले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर शेरवहादुर देउवालाई प्रधानमन्त्री तोक्नुपर्ने बताएका छन् । आफूले सर्वोच्च अदालतको फैसला पहिले नै जानकारी पाएको भनेर केपी ओलीले दुष्प्रचार गरेको भन्दै उनले अदालतले देउवालाई प्रधानमन्त्री बनाउनुको विकल्प नरहेको बताए ।

१४९ जना सांसदको हस्ताक्षर र १४६ सांसदको रिट सर्वोच्चमा रहेकोले देउवालाई प्रधानमन्त्री नबनाई नहुने प्रचण्डको जिकिर छ । ओली आफैं अदालतमा सेटिङ गर्न अग्रसर भएको आरोप समेत प्रचण्डले लगाए ।

शनिवार पत्रकारहरुसँग विपक्षी गठबन्धनको अन्तरक्रियामा बोल्दै प्रचण्डले प्रधानमन्त्रीले अदालतलाई धम्क्याउन थालेको आरोप लगाए । उनले मुद्दामा आधारित भएर बनेको विपक्षी गठबन्धन लामो समयसम्म अघि बढ्ने बताए । उनले विदेशी हस्तक्षेपको बारेमा आफूहरुले संयुक्त विज्ञप्तिको दुई लाइनमा प्रष्ट लेखेको भन्दै आफूहरुलाई धेरै एक्सपोज नगर्न आग्रह गरे ।

प्रचण्डले भने- यो गठबन्धन मुद्दामा आधारित भएर बनेको हो । शेरबहादुरजीको दायाँबायाँ माधव जी र म छौ । हामीले नै देउवालाई प्रम अफर गरेका हौ, उहाँले मागेको होइन । हाम्रो लडाइँ प्रमको लागि होइन । यथार्थ के हो भने यसपटक प्रधानमन्त्री हुन र सरकार बनाउन मात्रै गठबन्धन गरेको होइन ।

प्रचण्डले एमालेको वास्तविक नेता माधवकुमार नेपाल भएको भन्दै केपी ओली खस्किन थालेको बताए । उनले भने- एमालेको रियल लिडर माधवजी हो । केपी चै खस्किदैँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर