जुडोकी सोनियाले टोकियो ओलम्पिक खेल्ने – Nepal Press

जुडोकी सोनियाले टोकियो ओलम्पिक खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकका लागि वाइल्डकार्ड प्राप्त गरेकी छन् । सन् २०१९ को डिसेम्बरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेकी सोनियाले विश्व जुडो च्याम्पियनसिपमा एक बाउट पनि जितेकी थिइन् ।

नेपालबाट विश्व च्याम्पिपयनसिपमा एक बाउट जित्ने पहिलो खेलाडीसमेत रहेकी सोनियाले जुलाई २३ देखि अगस्ट ८ सम्म हुने टोकियोमा ओलम्पिकमा सहभागी हुने निश्चित भएको नेपाल ओलम्पिक कमिटीले जानकारी दिएको छ ।

सोनियाको सहभागिता निश्चित भएसँगै नेपालबाट पाँच जनाले ओलम्पिक खेल्ने भएका छन् । यसअघि नै सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह र एलेक्स साह र म्याराथनका गोपिचन्द्र पार्कीले ओलम्पिक खेल्ने तयारी भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर