पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री श्रेष्ठको निर्णय : बाढीप्रभावित क्षेत्रका बासिन्दालाई कोरोना खोपको प्राथमिकतामा राखिने – Nepal Press

पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री श्रेष्ठको निर्णय : बाढीप्रभावित क्षेत्रका बासिन्दालाई कोरोना खोपको प्राथमिकतामा राखिने

काठमाडौं । सरकारले बाढीप्रभावित क्षेत्रका बासिन्दालाई कोरोनाविरुद्धको खोप अभियानको पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री कृष्णगोपाल श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।

बाढीका कारण विस्थापित हुँदा समूहमा बस्नुपर्ने भएकाले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई खोप प्राथमिकतामा राखिएको उनले जनाए । गतसाता आएका बाढीले सिन्धुपाल्चोक, मनाङ र म्याग्दी प्रभावित भएका थिए ।

पद्भार ग्रहण कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव लक्ष्मण अर्यालले बाढी पीडितलाई खोप अभियानको पहिलो प्राथमिकतामा राखिएको बताए । कोरोनाको तेस्रो लहरको तयारीस्वरुप ६०० आइसीयू बेड, १८० थान भेन्टिलेटर र अक्सिजन प्लान्ट थप्ने तयारी भएको समेत उनले जनाए ।

कोरोना संक्रमित बालबालिकाको उपचारका लागि २५० आइसीयू बेड थप्ने तयारी भएको समेत सचिव अर्यालले जनाए ।

मन्त्री श्रेष्ठले शुक्रबार वन तथा वातावरण मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयको कार्यभार समेत सम्हाल्ने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर