सरकारी पक्षको बहस नोट- निवेदकले जिते निर्दलीयता ब्युँतन्छ (पूर्णपाठ) – Nepal Press

सरकारी पक्षको बहस नोट- निवेदकले जिते निर्दलीयता ब्युँतन्छ (पूर्णपाठ)

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा आइतबारदेखि बहसमा उत्रने सरकारी पक्षले संवैधानिक इजलाससमक्ष बहस नोट बुझाएको छ ।

महान्यायाधिवक्ता कार्यालयको तर्फबाट बुझाइएको २३ पृष्ठ लामो बहस नोटमा शेरबहादुर देउवासहित रिट निवेदकहरूले गरेको मागदावी संविधान र कानूनसम्मत नभएकोले खारेज भागी हुने दावी गरिएको छ ।

बहस नोटमा नेपालको संविधानले बहुदलीय संसदीय शासन प्रणाली अवलम्बन गरेकोले यसभित्र निर्दलीय अभ्यासको खोजी गरिनु असंवैधानिक हुने जिकिर गरिएको छ ।

‘नेपालको संविधानको प्रस्तावना तथा संविधानको धारा ७४ मा नेपालको शासकीय स्वरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुने भन्ने कुरा स्पष्ट छ ’, बहस नोटमा भनिएको छ ।

नोटमा रिट निवेदकहरूको दावीबमोजिम संसद र सरकार सञ्चालन गर्ने हो भने त्यसले पञ्चायती व्यवस्थाको जस्तो निर्दलीयतालाई पुनः ब्युँताउने दावी गरिएको छ ।

यस्तो छ बहस नोटको पूर्णपाठ–


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर