संवैधानिक इजलास : देउवा पक्षको शुरूआती बहस आज सकिँदै – Nepal Press

संवैधानिक इजलास : देउवा पक्षको शुरूआती बहस आज सकिँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनबारेको मुद्दामा आज रिट निवेदक पक्षका कानून व्यवसायीहरूको बहस सकिँदैछ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले पक्षका कानून व्यवसायीलाई बहसका लागि दिएको १२ घण्टाको समय आज सकिँदैछ । यसअघि बुधबार र विहीबार पनि रिट निवेदक शेरबहादुर देउवासहित १ सय ४६ जना पक्षका कानून व्यवसायीले बहस गरेका थिए ।

इजलासले निवेदक पक्षलाई शुरूआती बहसका लागि १२ घण्टा उपलब्ध गराएको थियो । पक्षको बहस सकिएपछि आइतबारदेखि मुद्दाका विपक्षी अर्थात सरकारी पक्षका कानून व्यवसायीहरूले बहस गर्नेछन् । सो पक्षलाई बहसका लागि १५ घण्टा दिइएको छ । उनीहरूको बहस सकिएपछि निवेदक पक्षले जवाफी बहसका लागि ३ घण्टा समय पाउनेछ । त्यसपश्चात एमिकस क्यूरीलाई राय दिन समय छुट्याइएको छ ।

आज वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेलले सबैभन्दा बढी ३०-३० मिनेट बहस गर्नेछन् । त्यस्तै पूर्वमहान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले २५ मिनेट बहस गर्नेछन् । वरिष्ठ अधिवक्ता बाबुराम कुँवर र अधिवक्ता डा.भीमार्जुन आचार्यले २०-२० मिनेट बहस गर्नेछन् ।

अधिवक्ता टिकाराम भट्टराईलाई बहसका लागि १५ मिनेट समय छुट्याइएको छ । अन्य कानून व्यवसायीहरूलाई न्यूनतम ३ देखि १० मिनेटसम्मको समय तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर