शुक्रबार २९ जनाले बहस गर्ने, ३ मिनेटदेखि ३० मिनेटसम्म समय तोकियो – Nepal Press

शुक्रबार २९ जनाले बहस गर्ने, ३ मिनेटदेखि ३० मिनेटसम्म समय तोकियो

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाईमा रिट निवेदकको तर्फबाट शुक्रबार २९ जना कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन् । रिट निवेदक पक्षलाई सुरुवाती बहसका लागि १२ घण्टाको समय तोकिएको छ ।

हरेक दिन ४ घण्टामात्रै बहस गराउने इजलासको आदेश अनुसार निवेदक तर्फका २९ कानुन व्यवसायी हरुलाई शुक्रबार ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ । रिटको पक्षमा बहस गर्न वकालतनामा बुझाएका कानुन व्यवसायीहरुको छलफलबाटै २९ जना कानुन व्यवसायीलाई बहसको समय तोकिएको हो ।

रिट निवेदक पक्षले सुरुवाती बहस गर्ने शुक्रबार अन्तिम दिन हो । शुक्रबार वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेलले सबैभन्दा बढी ३०-३० मिनेट बहस गर्नेछन् । त्यस्तै पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले २५ मिनेट बहस गर्नेछन् । वरिष्ठ अधिवक्ता बाबुराम कुँवर र अधिवक्ता डा. भीमार्जुन आचार्यले २०-२० मिनेट बहस गर्नेछन् । अधिवक्ता टिकाराम भट्टराईलाई बहसका लागि १५ मिनेट समय छुट्याइएको छ ।

अन्य कानुन व्यवसायीहरुलाई न्यूतम ३ देखि १० मिनेटसम्मको समय तोकिएको छ । इजलासले बहस व्यवस्थापनका लागि जारी गरेको आदेश अनुसार रिट निवेदक पक्षको सरुवती बहस शुक्रबार सकिनेछ । आइतबार देखि रिट निवेदनको विपक्ष अर्थात सरकारी पक्षको बहस सुरु हुनेछ । सरकारी पक्षलाई बहसका लागि १५ घण्टा समय दिइएको छ । रिट निवेदक पक्षले जवाफी बहसका लागि छुट्टै ३ घण्टाको समय पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर