नेप्से १७ अंकले घट्यो, जम्मा सात अर्बको कारोबार – Nepal Press

नेप्से १७ अंकले घट्यो, जम्मा सात अर्बको कारोबार

काडमाडौं । सेयर बजार परिसुचक नेप्सेमा घट्नेक्रम जारी छ । नेप्सेसँगै कारोबार रकम पनि निरन्तररुपमा घटिरहेको छ । यो साताको अन्तिम दिन सेयर बजार परिसुचक नेप्से १६.९६ अंकले घट्दै २८ सय ४३ अंकको विन्दुमा पुगेको छ ।

२ सय १९ कम्पनीको सेयर कारोबार भएको नेप्सेमा १ करोड ३२ लाख २० हजार ३ सय ६९ कित्ता सेयर खरिद विक्री भएको छ । जसवाट ७ अर्व ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

‘क’ वर्गका कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१७ अंकले घट्दै ५२५.६४ अंकको विन्दुमा कारोवार वन्द भएको छ ।

त्यस्तै १३ वटा समूहगत परिसुचाङ्क मध्ये २ वटा वाहेक अन्य सूचाङ्कमा गिरावट आएको छ । होटल तथा पर्यटन समूहका कम्पनीको सूचाङ्क ४१.६९ अंक र जलविद्युत समूहको ५५.७६ अंक बढेका छन् ।

आज सबैभन्दा धेरै जीवन बीमा समूहको कारोवार १७७.२४ अंक, नीर्जीवन बीमा समूहको १४३.८८ अंक, विकास बैंक समूहको ७२.७३ अंक, उत्पादनमूलुक समूहको सुचाङ्क ४१.२३ अंक, वित्त समूहको ४९.५८ अंकले घटेका छन् ।

माथिल्लो तामाकोशीका लगानीकर्ताले सबैभन्दा ९.८८ प्रतिशत कमाएका छन् भने छिमेक लघुवित्त बिकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । ३७ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको नेपाल पुर्नबीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर