जनकपुर उपमहानगरको बजेट विवादित, सभाहल बाहिर नाराबाजी – Nepal Press

जनकपुर उपमहानगरको बजेट विवादित, सभाहल बाहिर नाराबाजी

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको बजेट विवादित बनेको छ । नगरसभामा बजेट प्रस्तुत गर्दा आयव्यय विवरण प्रस्तुत नगरेको भन्दै जनप्रतिनिधिले नै विरोध गरेपछि बजेट विवादित बनेको हो ।

नगरपालिकाले चालु आर्थिक वर्षको आयव्यय प्रस्तुत नगरी बजेटसभा सम्पन्न गरेको भन्दै सभाहल भित्रै नाराबाजी भएको हो । नाराबाजी गर्नेलाई मेयर लालकिशोर साहले सम्झाउने प्रयास गरेका थिए । तर उनीहरुले सबै हिसाब फेहरिस्त सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नगरसभामा मेयर साहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले आफ्नै नामबाट केही कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । उनले आर्थिक वर्ष २०७८÷०७९ मा ‘विद्यार्थी–मेयर संवाद’ र ‘मेयर स्वच्छता कार्यक्रम’जस्ता अभियान चलाउने घोषणा गरेका छन् ।

स्वच्छता अभियानको नाममा हरेक वर्ष ठूलो रकम खर्च भए पनि जनकपुरमा अहिलेसम्म डम्पिङ साइट बनाउन नसकेको भन्दै मेयर साहको आलोचना भइरहेको छ ।

यस्तै ‘उपमेयर सुरक्षित मातृत्व अभियान’को कार्यक्रम पनि सञ्चालन गरिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर