एएफसी महिला एसियन कपको छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने – Nepal Press

एएफसी महिला एसियन कपको छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने

काठमाडौं । भारतमा एएफसी महिला एसिया कप २२ को छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने निश्चित भएको छ ।

एएफसीले बिहीबार जारी गरेको खेल तालिकाअनुसार चार समूहमा चार/चार टोली र अन्य चार समूहमा तीन/तीन टोली परेका छन् । जसअनुसार समूह एफमा परेको नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् ।

छनोट चरणका खेलबाट समूह विजेता बन्ने सबै टोलीले एएफसी एसियन कपमा स्थान बनाउने छन् । छनोट खेलहरू सेप्टेम्बर १३ देखि २५ सम्म र प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ तारिखसम्म हुने एएफसीले बताएको छ ।

फिफा बरियतामा फिलिपिन्स ६८औं तथा हङकङ ७६औं स्थानमा छ । दुवै टोली १०१औं स्थानको नेपालभन्दा माथि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *