देउवालाई प्रधानमन्त्री नबनाउने राष्ट्रपतिको भूमिका शंकास्पद : उपेन्द्र यादव – Nepal Press

देउवालाई प्रधानमन्त्री नबनाउने राष्ट्रपतिको भूमिका शंकास्पद : उपेन्द्र यादव

सर्वोच्चले ओलीको निरंकुश शासन सच्याउने विश्वास छ

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु नपर्ने कुनै कारण राष्ट्रपतिसँग नरहेको उनले बताए ।

सम्पादकहरुसँगको अन्तरक्रियामा यादवले भने, ‘कि मलाई केपी ओली नै प्रधानमन्त्री चाहिन्छ भन्नुपर्यो । होइन भने बहुमतको हस्ताक्षरसहित दावी गरेका देउवालाई प्रधानमन्त्री नबनाउननुपर्ने कुनै कारण छैन । राष्ट्रपतिको भूमिका शंकास्पद र सन्देहास्पद छ ।’

राजाहरुको सिको गरेर केपी ओलीले संसद विघटन गरी निरंकुश शासन चलाउन खोजेको आरोप उनले लगाए । राष्ट्रपतिसँग मिलेमतो गरी अध्यादेशमार्फत स्वेच्छाचारी शासन गर्न खोजेको उनको दावी थियो ।

‘पटक-पटक प्रधानमन्त्रीबाट असंवैधानिक काम भएपनि राष्ट्रपतिसंग मिलेर असंवैधानिक रुपमा देश कब्जामा लिदैंछन्’, यादवले भने ।

उनले प्रतिनिधिसभाका १ सय ४६ जना सदस्यहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार गरेपनि राष्ट्रपतिले अस्वीकार गर्नु असंवैधानिक रहेको यादवको भनाइ छ । उनले १ सय ४६ जना सांसदले दिएको रिट निवेदनका पक्षमा सर्वोच्च अदालतले फैसला दिने विश्वास समेत व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर