ज्वाला संग्रौलासहित तीनजनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति – Nepal Press

ज्वाला संग्रौलासहित तीनजनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कुटपिट गरेको आरोपमा पक्राउ परेकी ज्वाला संग्रौलासहित तीनजनालाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको हो ।

संग्रौलासँगै पक्राउ परेका हिमाल उपाध्याय र शर्मीला वाइवालाई पनि हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।

उनीहरूलाई अभद्र व्यवहार अन्तर्गत प्रहरीले कारवाही थालेको थियो । त्यसबाहेक प्रहरीलाई गरेको रंगभेदी टिप्पणीमाथि पनि अनुसन्धान गरिने प्रहरीले जनाएको छ । असई मणिकान्त झालाई रंगभेदी टिप्पणी गरेपछि उनी विवादमा तानिएकी थिइन् ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा प्रहरीले तीनजनालाई हिजो हिरासतमा लिएको थियो । उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर