रौतहटको मौलापुर नगरसभामा दलका कार्यकर्ताबीच झडप, स्थिति तनावग्रस्त – Nepal Press

रौतहटको मौलापुर नगरसभामा दलका कार्यकर्ताबीच झडप, स्थिति तनावग्रस्त

प्रहरीद्वारा अश्रुग्यास प्रहार

जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिकाको पाँचौ नगरसभा हुने क्रममा दुई पक्षबीच झडप भएको छ । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन करिब कैयौं राउण्ड अश्रुग्यास प्रहार गरेका हुन् ।

अहिले मौलापुर बजार तनावग्रस्त छन् । माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमन्त्री एवं नेता प्रभु साह नगरसभाका प्रमुख अतिथि थिए । साह पक्षका कार्यकर्तासँग नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव पक्ष, नेपाली कांग्रेस र जसपा कार्यकर्ताबीच झडप भएको हो ।

बाहिरका मान्छेलाई मौला बजार समेत आउन रोक लगाएर नगरसभा गर्न खोज्दा झडप भएको स्थानीयले बताएका छन् । जसपा समर्थक कुमोद यादवले भने, ‘हरहिसाव पारदर्शी गरी नगरसभा गर्न ज्ञापन पत्र बुझाएका थियौ । तर बेवास्ता गरी नगरसभा गर्न खोज्दा अवरोध गर्ने क्रममा झडप भएको हो ।’

उनका अनुसार प्रहरीले करिब ५० राउण्ड बढी आश्रुग्यास प्रहार गरेका छन् । ७ जना घाइते भएकोमा एकजनाको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि वीरगञ्ज पठाउने तयारी छ ।

मौलापुरका मेयर रिनाकुमारी साह पूर्वमन्त्री साहको श्रीमती हुन् । माओावादी केन्द्र छाडेर एमाले प्रवेश गरी साह मन्त्री बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर