नदियाको यात्रा : तालिबानीले बुबा मारेपछि शरणार्थी शिविर हुँदै पीएसजी स्टारसम्म – Nepal Press

नदियाको यात्रा : तालिबानीले बुबा मारेपछि शरणार्थी शिविर हुँदै पीएसजी स्टारसम्म

‘म कसरी ज्युँदो रहने मात्रै सोच्दै थिएँ’

नादिया नदिम, विश्व फुटबलमा एक औसत फुटबलर मात्रै होइनन् । उनी विश्व फुटबल विशेष गरी महिला फुटबलमा चर्चित क्बलहरू- पोर्टल्यान्ड थ्रोन्स, म्यानचेस्टर सिटी र अहिले पेरिस सेन्ट जर्मन (पिएसजी) की एक ‘प्रोलिफिक’ गोलस्कोरर हुन् । नादिया आफ्नो अधिकांश समय संयुक्त रास्ट्रसंघको सद्भावना दूतको रूपमा, समाजसेवामा र नयाँ भाषा सिक्नमा बिताउँछिन् । त्यसैले त नदिया अहिले विश्वका नौ भाषा फरर बोल्न सक्छिन् ।

यसका अतिरिक्त उनी आफूलाई भविष्यमा ‘कन्सट्रक्टिब’ सर्जन बनाउने योजनामा छिन्, नदिया । र, त्यसका लागि पनि आफूलाई समय दिइरहेकी छन् । फुटबलबाट सन्यास लिएपछि नदियाले आफ्नो कोर्ष पूरा गर्नेछिन् । अनि, आफूलाई क्वालिफाइड सर्जनको रूपमा पाउनेछिन् ।

नदियाको मैदान बाहिरका पछिल्ला काम पिएसजी र केएलएबियु नामक च्यारिटी संस्थाबाट गरिरहेकी छन् । उनी विश्वभरका शरणार्थी शिविरहरूमा खेलकुद क्लब बनाउन लागि परेकी छिन् । उनको नयाँ सम्झौताले १० हजार शरणार्थी बालबालिकाहरूलाई खेलकुदमा जोड्ने आशा गरिएको छ ।

यो नदियाको हृदयमा गडिएर बसेको विषय हो । र, शरणार्थी बालबालिकासम्म खेलकुदको पहुँच पुर्‍याउनु नउको उद्देश्य पनि । अफगानिस्तानमा जन्मिएकी नदियाका बुबालाई तालिबानले मारेका थिए । जब उनका बुबा मारिए, उनी त्यसबेला ११ वर्षकी थिइन् । त्यसपछि नदियासामु आमा र आफ्ना चार दिदीबहिनीहरूसँगै नक्कली पासपोर्ट बनाएर छिमेकी मुलुक पाकिस्तान हुँदै देश त्याग्नु पर्ने बाध्यता आयो । उनीहरू देश छोडर डेनमार्क आए । र, अहिले डेनमार्कलाई नै नदिया आफ्नो घर भन्छिन् ।

‘म कसरी बाँच्ने भन्ने मात्रै सोचिरहेकी थिएँ । कसरी भोलिसम्म ज्युँदै रहने मात्र मेरो सोच थियो’, सिएनएन स्पोर्ट्ससँग कुराकानी गर्दै नदिया भन्छिन्, ‘म हेरिरहेकी थिएँ । यहाँ के भइरहेको छ ? अहिले के भइरहेको छ ? म भोलि बिहानसम्म कसरी बाँच्न सक्छु ?’

‘यो शरणार्थी शिविरमा बस्ने प्राय धेरैले भोग्ने कुरा हो । यस्तो क्षणमा जो कोहीले पनि सम्भव भएसम्म राम्रो होस् भन्ने सोच्छन् र ज्युँदो रहने हरसम्भव प्रयास गर्छन् । र, राम्रो भविष्यको कल्पना गर्छन् ।’

नदिया नदिमले अन्तर्राष्ट्रिय फुटबलमा सन् २००९ देखि डेनमार्कको प्रतिनिधित्व गरिरहेकी छन् ।

जब नदिया आफ्नी आमासँग डेनमार्क पुगिन् र शरणार्थी क्याम्पमा बस्न थालिन्, उनले फुटबलप्रतिको आफ्नो प्रेम पनि त्यही क्याम्पमा भेट्टाइन् ।

उनी बसिरहेको शिविर नजिकै केही बच्चाहरू… नदिया सम्झिन्छिन्, ‘एक गोलो बल खेल्दै थिए ।’

‘त्यो बेला देखेको दृष्य एकदमै गज्जब थियो । मैले पनि अरू बच्चा जस्तै गर्न चाहेँ,’ उनी भन्छिन्, ‘त्यसै बेलादेखि मैले फुटबल छाडेकी छैन । हेर्नु यसले मलाई पिएसजीसम्म ल्याएको छ ।’

नदियाले फुटबल खेल्दा पाएको पहिलो ‘एक्सपोजर’ उनले अहिले खेल्ने जस्तो थिएन भन्नु न्यायसम्मत् हुन्छ ।

‘सुरुआतमा त्यो केही अनौपचारिक जस्तो थियो’, नादिया हाँस्छिन, ‘सबैले बललाई पालैपालो लात्तीले हिर्काउने, सबैले एक अर्कालाइ पच्छ्याउने र सबैका विरुद्ध सबैजना खेले जस्तो लाग्थ्यो ।’

‘तर क्रमशः मैले फुटबल कसरी खेल्ने भन्ने बारेमा पत्ता लगाएँ । किनभने, शिविर नजिकै फुटबल क्लब थियो । त्यहाँबाट मैले फुटबलमा फर्मेसन पनि हुन्छन् भन्ने थाहा पाएँ । बल आउट हुँदा म त्यो अभ्यास गर्थेँ । र, मैले बिस्तारै त्यहाँ खेलिने जस्तै फुटबल खेल्ने कोसिस गरेँ।’

‘म फेरि बच्चा भए हुन पाए’

नदियालाइ मानव जातीलाई जिज्ञासुको प्राणीको रूपमा व्याख्या गर्छिन् । केहि देखेमा त्यहि प्रयास गर्छन्, खासगरी बच्चाहरू अझै जिज्ञासु हुने उनको विश्वास छ । र, नदियाका लागि शरणार्थी शिविरका बच्चाहरूको पहुँचमा खेलकुद पुर्‍याउनु पर्ने बुझाइको कारण पनि यही जिज्ञासु पन हो ।

‘सोच्नुस् त! विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविर– कक्स बजारमा दश लाख शरणार्थीहरू छन् । हामीले सुरु गरेको यो परियोजना त्यहाँसम्म फुटबल पुर्‍याउनका लागिा हो । कल्पना गरौँ दुई, तीन, चार जना खेलाडी बनुन् ।’

नदियाले आफू शरणार्थी शिविरमा बिताएको समय सुनाउँदा धेरै मान्छे अचम्ममा पार्छिन् । ‘मेरो जीवनको सबैभन्दा रमाइलो क्षण थियो,’ नदिया भन्छिन् ।

युद्धले क्षतविक्षत् अफगानिस्तानमा जन्मिएकी नादियाले अन्य बालबालिकाले जस्तो सामान्य बाल्यकाल बिताउन पाइनन् । तर, डेनमार्क पुगेपछि त्यो सबै परिवर्तन भएको उनी बताउँछिन् ।

नदिया आफ्नो करियरभरी ‘प्रोलिफिक गोलस्कोर’ हुन् ।

‘बिस्तारै म शरणार्थी शिविरमा आएँ । त्यो शिविरमा खेलकुद र पढ्ने सुविधा पनि थिए । मलाईँ यस्तो लाग्छ कि म फेरि म बच्चा हुन पाउँ’, नदिया भन्छिन् ।

‘त्यसैले, शरणार्थी शिविरमा हुँदाका साँच्चै–साँच्चै नै ‘प्रिय’क्षण अनुभवहरू मसँग छन् ।  मलाइ थाहा छ यो अनौठो सुनिन्छ, मान्छेहरूले  के रे भन्छन् ? तर, मैले त्यो बेला त्यस्तै महसुस गरेँ । त्यसैले मलाई केएलएबियु र पिएसजीले त्यहि प्रयास गरिरहेको लाग्छ ।’

‘यो कठिन समय हो । शरणार्थी शिविर बच्चाहरूलाई हुर्किन बढ्नका लागि उचित स्थान होइन, र हुँदैन पनि । तर, हामी यसलाई केहि सकारात्मक बनाउन लागिरहेका छौँ ।’

नदियालाई लाग्छ, शरणार्थीहरूलाई लिएर मानिसको धारणा बास्तविकता भन्दा फरक छ । केही समाचारहरूमा घरबारविहीन बनाइएका शरणार्थीहरूको अवस्था देखाउने कोसिस गर्छन् । हेर्नेहरूले त्यो कठोर अवस्था बुझ्न सक्दैनन् ।

‘उनीहरूको अवस्था तपाईँले कल्पना गर्ने भन्दा पनि दयनीय हुन्छ’, नदिया भन्छिन् ।

केएलएबियुका अनुसार हाल विश्वभर ८ करोड शरणार्थी छन् । यो संख्या दोस्रो विश्व युद्धपछिकै सबैभन्दा धेरै हो । तीमध्ये आधा संख्या त बालबालिकाहरूको नै छ ।

केएलएबियुका अनुसार नदिया जस्ता धेरै शरणार्थी बालबालिकाले शिक्षा र सामान्य बाल्यकालमा आवश्यक हुने आधारभूत कुरा पनि पाँउदैनन् ।

यो साझेदारीको पहिलो परियोजना बंगलादेशको कक्स बजारमा आधारित हुनेछ । जहाँ केएलएबियु र पिएसजीले ‘क्लब सेन्टर’ बनाउनेछन्, जसलाई स्पोर्ट्स लाइब्रेरीको रूपमा प्रयोग गरिनेछ । त्यहाँबाट बालबालिकाहरूले खेल सामग्री तथा तालिमहरू पाउनेछन । त्यति मात्र नभएर कुनै प्रतियोगिता खेल्न जानका लागि आवश्यक तालिम तथा आवश्यक सामग्री पनि उपलब्ध गराइनेछ ।

यो परियोजनाले बालबालिकासँगै उनीहरूका आमाबुबालाई पनि सहयोग हुनेमा नदिया आशावादी छिन् । जब आमा–दिदीहरूसँगै नदियाले डेनमार्कको शरणार्थी  शिविर छोड्यो, तब उनकी आमालाइ कत्ति गाह्रो थियो ? र, आफ्नो भविष्य कति अनिश्चित छ भन्ने बुझिन् ।

‘शारिरीक रूपमा गाह्रो थियो,’ नदिया भन्छिन्, ‘तर, मानसिक रूपमा झन्–झनै गाह्रो थियो ।’

गत सिजन आर्सनल र पिएसजीबीचको खेलमा नदिया ।

जब नदियाको खेलकुद करिअर सकिन्छ, तब उनलाई मैदानमा हासिल गरेका उपलब्धीहरू भन्दा धेरै उनका मानविय सहायताका कामहरूको याद आइरहने छ । यस्तो परियोजनामा सहभागी भएर आफूले भोगे जस्तो अवस्थाबाट गुज्रिरहेका, आफूले जस्तै संघर्ष गरिरहेकालाई सहयोग गर्दा नदियालाई गर्वान्वत महसुस हुन्छ ।

‘मानव भएको कारण कहिले काहीँ आफू स्वयमले नभोगेको कुरा बुझ्न धेरै कठिन हुन्छ,’ नदिया भन्छिन् ।

‘त्यसैले उस्तै परिस्थितिबाट गुज्रिएका मान्छेहरूलाई बुझाउन सजिलो हुन्छ । हामी शरणार्थी शिविरहरूको अवस्थामाथ बनाइएका समाचार र तस्बिरहरू हेर्छौं । जलवायु परिवर्तन वा अन्य केहि कारणबाट मान्छेहरू घरबारबाट विस्थापित भएको सुन्छौँ । तर, के साच्चिकै हामी त्यो बुझ्छौँ त ? मलाइ लाग्छ बुझ्दैनौँ । जसले त्यो अवस्थाको सामना गरेको हुँदैन उसले बुझ्दैन,’ नदिया भन्छिन्, ‘यदि तपाईँ शरणार्थी शिविर पुग्नु भएको छ भने त्यहाँ कति खराब अवस्था हुन्छ र कतिसम्म खराब हुनसक्छ भन्ने महसुस गर्न सक्नु हुन्छ । मलाइ यो थाहा छ । मैले आफू स्वयमले  यो सबै महसुस गरेको छु । र, अहिले मैले यो देखेकी पनि छु । यदि तपाईँ केन्या, बंगलादेश र कोक्स बजार पुग्नुभयो भने त्यो मजाक होइन भन्ने बुझ्नु हुनेछ, महसुस गर्नु हुनेछ ।’

उनीहरू साँच्चिकै बिगोज अवस्थामा बाँचिरहेका छन् । त्यस्ता ठाँउमा स्पोर्ट्स पुर्‍याउन सके कम्तिमा एक वा दुई घन्टा भए पनि कहाली लाग्दो बास्तविक जीवनका पीडा र दुःख भुलाउन सजिलो हुनसक्छ । र, कसैलाई आफ्नो भविष्य आफूले चाहेको जस्तो बनाउने मौका पनि हुनसक्छ । त्यो एकदमै राम्रो र सराहनीय कुरा हो ।’

सीएनएनबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर