बलात्कारको प्रतिकार गर्दा सन्तोषीको हत्या, आरोपी पक्राउ (भिडियाे) – Nepal Press

बलात्कारको प्रतिकार गर्दा सन्तोषीको हत्या, आरोपी पक्राउ (भिडियाे)

काठमाडौं । विभिन्न जातको जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको हत्या गर्ने  आराेपी पक्राउ परेका छन् ।

मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका -७ दक्षिणकाली मंदिर स्मितास पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा सन्तोषीको शव हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीले सन्तोषीको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भई हाल दक्षिणकाली नगरपािलका -७ का २९ वर्षीय सुरेश तिमल्सिनलाई पक्राउ गरेको छ ।

सुब्बाको बलात्कार प्रयासपछि हत्या गरिएको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएकाे छ ।

सिन्धुपाल्चोक चौतारा घर भइ दक्षिणकाली बल्दै आएकी सन्तोषीलाई असार ६ गते तिमल्सिनाले बलत्कार प्रयास गरेका थिए ।

अनुसन्धानको क्रममा सन्तोषीले सुरेशसँग खान र बस्न समस्या भएको बताएपछि सुरेशले आफू काम गर्ने बसमा मिलाइदिने भनेर घटनास्थलतर्फ लगेका थिए ।

त्यस लगेर जबरजस्ति गर्ने क्रममा सन्तोषीले प्रतिकार गरेपछि सुरेशले घाँटी थिचेर मृतककै सलले बेरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि पछि अनुहारमा ढुंगाले प्रहार गरेको पनि प्रहरीको भनाइ छ । हत्या गरी भागेका सुरेशलाई प्रहरीले कमलाक्षी इनबहालबाट पक्राउ गरेको हाे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *