देशका मध्य क्षेत्रमा भारी वर्षाको सम्भावना – Nepal Press

देशका मध्य क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको मध्य क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढी र पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

मनसुनी वायुको न्यूनचापीय रेखा देशको दक्षिणी भूभाग नजिकै रहेकाले विहीबार वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा हुने तथा केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज यी तीन प्रदेशबाहेक बाँकी भूभागमा आंशिक बदली रही केहि स्थानमा वर्षा हुनसक्ने अनुमान महाशाखाले गरेको छ । असार पहिलो साताको भारी वर्षाले सिन्चुपाल्चोक र मनाङ जिल्लामा धेरै क्षति गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर