अन्तर्राष्ट्रिय फुटबलको सर्वाधिक गोलकर्तामा रोनाल्डोले बराबरी गरे अलिको कीर्तिमान – Nepal Press

अन्तर्राष्ट्रिय फुटबलको सर्वाधिक गोलकर्तामा रोनाल्डोले बराबरी गरे अलिको कीर्तिमान

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालिन सर्वाधिक गोलकर्ता इरानी खेलाडी अलि दाईको कीर्तिमानसँग बराबरी गरेका छन् ।

फ्रान्स विरुद्ध जारी समूह एफको तेस्रो चरणको खेलमा दोस्रो गोल गरेसँगै स्टार फरवार्ड रोनाल्डोले अलिको १०९ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

युरो २०२० मा मात्रै रोनाल्डोले पाँच गोल गरिसकेका छन् । हंगेरीविरुद्धको खेलमा दुई गोल गरेका रोनाल्डोले दोस्रो खेलमा जर्मनीविरुद्ध एक गोल गरेका थिए ।

त्यस्तै अहिले जारी खेलमा फ्रान्सविरुद्ध उनले दुई गोल गरिसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर