सिर्जनशील समूहलाई पशुपंक्षी निर्देशनालयको प्रश्नः पाल्न लगेको भैंसी काटेको हो ? – Nepal Press

सिर्जनशील समूहलाई पशुपंक्षी निर्देशनालयको प्रश्नः पाल्न लगेको भैंसी काटेको हो ?

सुर्खेत । पाल्नका लागि गरेको भैंसी काटेर खाएको समाचार आएपछि पशुपंक्षी विकास निर्देशनालयले सिर्जनशील समूहलाई पत्र पठाउँदै स्पष्टीकरण माग गरेको छ । तर, निर्देशनालयको पत्रलाई बेवास्ता गर्दै उक्त समूहले जवाफ पठाएको छैन ।

आर्थिक वर्ष २०७५/०७६ मा उक्त समूहले पाल्नका लागि भन्दै ५० वटा भैंसी लगेको थियो । तर केही समयअघि मार्फमा ११ वटा मात्रै भैंसी भएको समाचार सार्वजनिक भएको थियो ।

समाचारपछि जेठ १९ गते निर्देशनालयले पत्र काटेको थियो । पत्रमा तीन दिनभित्र जवाफ माग भए पनि अहिलेसम्म कुनै जवाफ नआएको निर्देशनालयका सूचना अधिकारी कृष्ण चपाइँले बताए । उनले अब कसरी कारबाही प्रक्रिया अघि बढाउने भन्ने अन्योल भएको पनि बताए ।

भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्रले अनुदानमा भैंसी लिने किसानहरुनै सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *