भविष्यमा कर्मठ नेतृत्वका लागि बालबालिकाको क्षमता विकास जरुरी : प्रधानमन्त्री – Nepal Press

भविष्यमा कर्मठ नेतृत्वका लागि बालबालिकाको क्षमता विकास जरुरी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ढंगले बालबालिकालाई व्यक्तिगत स्वार्थमा बालबालिकालाई प्रयोग गरिएकोले यसलाई रोक्नुपर्ने बताएका छन् ।

नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजका बालबालिकालाई शारीरिक र मानसिक रूपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमता युक्त बनाउँदै लैजान सकिए मात्र भविष्यमा देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउनसक्ने बताएका छन् ।

बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको प्रधानमन्त्रीको भनाइ थियो । यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिले काहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको पनि उनले बताए ।

‘परिणामस्वरूप नेपाली बालकाबालिका अभिभावकविहीन हुने र संरक्षण गर्ने कोही नहुने स्थितिमा समेत पुगे । हाम्रा छोराछोरी खाते भन्दै बदनाम गरिए’, उनले भने, ‘कहिँ रित पुर्‍याएर त कहीँ गुपचुप ढंगले बालबालिकाको दुरुपयोग भयो आगामी दिनमा आगामी दिनमा यस्ता कुरालाई सम्पूर्ण रूपले रोक्नुपर्छ ।’

सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचार गर्ने र आवश्यक सबै प्रबन्ध गर्ने साथमा उनीहरुलाई अरु बालकालिकाको तुलनामा कम नहुने गरी विकास गर्ने समेत प्रधानमन्त्रीको भनाइ छ ।

यसकार्यमा बालमन्दिरलाई नेपाल सरकारका तर्फबाट संठनात्मक तथा भौतिक पुर्वाधारमा पूर्ण सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर