संवैधानिक इजलासमा सुनुवाइ जारी – Nepal Press

संवैधानिक इजलासमा सुनुवाइ जारी

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ । विषयमा परेका ३० वटा रिटमाथि संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुँदैछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख निवेदक भएको र विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यहरुले दायर गरेको रिटमा निरन्तर सुनुवाइ हुन लागेको हो ।

निवेदकका तर्फबाट बहस शुरू भएको हो । बहस शुरू गर्दै खम्बबहादुर खातीले मुद्दासँग सम्बन्धित तथ्यबारे इजलासलाई जानकारी गराएका छन् । उनले राष्ट्रपति ‘सेरेमोनियल किङ’ जस्तै भएकोले देउवाले बहुमत लगेपछि सपथ गराउनुपर्थ्यो भनी तर्क पेस गरेका छन् ।

‘७६(५) ले अपवादको रुपमा प्रतिनिधिसभा सदस्यको विशेष अधिकार प्रबन्ध गरेको छ । राजनीतिक दलले संघीय कानून अनुसार एमाले र जसपाका सासंदहरूले दलत्याग गरेको प्रमाणित नगरेको अवस्थामा सांसदहरूले ७६(५) अनुसार देउवालाई दिएको समर्थन मान्य हुन्छ’, खातीले भने ।

वैकल्पिक सरकार बन्ने निश्चित भएपछि दुराशयपूर्ण ढंगले संसद समेत विघटन गरिनु गलत भएको उनको जिकिर थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर