वडाको काममा जाँदा भीरबाट लडेकी वडासदस्यको मृत्यु – Nepal Press

वडाको काममा जाँदा भीरबाट लडेकी वडासदस्यको मृत्यु

जाजरकोट । भीरबाट लडेर घाइते भएकी जाजरकोट भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मंगलबार राति निधन भएको छ ।

भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन् ।

घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर