घरधनी प्रधानविरुद्धको मुद्दा दर्ताको तयारी – Nepal Press

घरधनी प्रधानविरुद्धको मुद्दा दर्ताको तयारी

काठमाडौं । दलित भन्ने थाहा पाएपछि घर भाडामा नदिएकाे भन्दै पत्रकार रूपा सुनारको जाहेरीमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ताको तयारी गरिएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबार स्रोतले भन्यो, ‘हामीले अनुसन्धान गरेर मंगलबार प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएका छौं । प्रधानलाई पक्राउ गरेको म्याद पनि आज सकिँदै छ । मुद्दा दर्ता भयो भने म्याद थप्नु परेन । मुद्दा आज दर्ता भएन भने म्याद थप हुन सक्छ ।’

प्रहरीले मंगलबार मुद्दा अदालतमा बुझाइसकेको छ । मुद्दामा प्रहरीले गहिरो अनुसन्धान नगरेको दलित अधिकारकर्मीको आरोप छ ।

उनीहरुका अनुसार गत शुक्रबार नै पक्राउ पुर्जी जारी भएको थियो । तर, आरोपितलाई त्यसको दुई दिनपछि आइतबार मात्रै पक्राउ गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *