प्रधानमन्त्रीलाई सर्वोच्चले ‘करेक्सन’ गर्नु सकारात्मक : नेता पौडेल – Nepal Press

प्रधानमन्त्रीलाई सर्वोच्चले ‘करेक्सन’ गर्नु सकारात्मक : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतको आदेशले संविधानमाथिको प्रहारलाई ‘करेक्सन’गरेको बताएका छन् ।

मन्त्रिपरिषद् विस्तारको आदेश बदर गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशबारे प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत कदमलाई सर्वोच्चले सच्याउनु स्वागतयोग्य भएको बताए । ‘संसारमा चुनाव घोषणा गरेको प्रधानमन्त्रीले सरकार विस्तार गर्ने उदाहरण कहीँ थिएन । प्रधानमन्त्री ओलीले संविधानविपरीत गरेको काम सच्याएर सर्वोच्चले संविधानको पक्षमा निर्णय गरेको छ’, पौडेलले नेपाल प्रेससँग भने ।

उनले संसदबाहिर निकास खोज्ने प्रधानमन्त्रीको प्रयत्न नै गलत भएको भन्दै संविधान र लोकतन्त्रका पक्षमा आफ्नो पार्टीले उठाउँदै आएको धारणा सही सावित भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर