बुटवलका विद्यालयमा असार २० देखि कक्षा सञ्चालन हुने, ११ गतेभित्र नतिजा प्रकाशन गर्न आग्रह – Nepal Press

बुटवलका विद्यालयमा असार २० देखि कक्षा सञ्चालन हुने, ११ गतेभित्र नतिजा प्रकाशन गर्न आग्रह

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले असार २० गतेदेखि नियमित कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । उपमहानगरले असार ११ गतेभित्र २०७७ सालको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरी २० गतेदेखि कक्षा सञ्चालन गर्न आग्रह गरेको हो ।

उपमहानगरमा बसेको सरोकारवालाहरुको बैठकले नतिजा प्रकाशनलगत्तै भर्ना सुरु गर्न र असार २० गतेबाट कक्षा सञ्चालन गर्न पनि आग्रह गरेको हो । तर कक्षा सञ्चालन भौतिक उपस्थितिमा नभई वैकल्पिक विधिबाट हुनुपर्ने उपमहानगरका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालद्वारा जारी पत्रमा उल्लेख छ ।

सामुदायिक विद्यालयहरुले भर्नासँगै विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने र निजी विद्यालयले पाठ्यपुस्तकको सूची उपलब्ध गराउनुपर्ने छ । यसै शैक्षिक सत्रदेखि कक्षा ६ देखि ८ सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो बुटवल’ पनि समावेश गर्न भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर