बाढीमा परी हेलम्बु गाउँपालिकाका १५ बेपत्ता र १ जनाको मृत्यु (क्षति विवरणसहित) – Nepal Press

बाढीमा परी हेलम्बु गाउँपालिकाका १५ बेपत्ता र १ जनाको मृत्यु (क्षति विवरणसहित)

काठमाडौं ।असार १ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ भ्रेमाथाङमा गएको पहिरोपछि आएको बाढीमा परी मृत्यु भएकामध्ये एक जना हेलम्बुको रहेको पुष्टि भएको छ । सिन्धुलीमा भेटिएको शव हेलम्बु गाउँपालिका- १ हल्दैका ४३ वर्षीय सुनिल तामाङको भएको पुष्टि भएको हो ।

बाढीमा परि हालसम्म हेलम्बु गाउँपालिकाका १५ स्थानीय बेपता रहेको गाउँपालिकाका फोकल फर्सन माङकल राईले नेपाल प्रेसलाई बताए ।

यसअघि मेलम्ची खानेपानी आयोजनाका कामदार र हेलम्बु गाउँपालिकाको समेत गरी २३ जना वेपत्ता रहेको गाउँपालिकाले जनाएको थियो ।

हालसम्म पाँच जना महिलासहित १५ जना बेपत्ता भएका छन् । गाउँपालिकाले सोमबार मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण सार्वजनिक गरेको छ ।

बाढीमा परी वेपत्ता हुनेहरुको संख्या अझ बढ्ने अनुमान गरिएको छ । बाढीमा परि बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको गाउँपालिकाले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर