यातायात कार्यालयमा लाइसेन्स नवीकरण र राजस्व संकलन शुरू – Nepal Press

यातायात कार्यालयमा लाइसेन्स नवीकरण र राजस्व संकलन शुरू

काठमाडौं । यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले सवारी साधनको लाइसेन्सको नवीकरण, राजश्व संकलन लगायतको सेवाहरु सूचारु गरेको छ ।

निषेधाज्ञाको कारण स्थगित भएका सेवाहरु आजदेखि स्वास्थ्य मापदण्ड पालना गर्दै सुचारु गरिएको यातायात व्यवथा कार्यालय ठूलो भर्याङले जनाएको छ ।

कार्यालयले नियमित रुपमा आजदेखि राजश्व तिर्ने, लाइसेन्स लिन आउने, लाइसेन्स नवीकरण गर्नको लागि कोटा तोकिएको छ । कार्यालयले दैनिक सवारी साधन नवीकरणका लागि ७० जना, ट्रायल परिक्षा उर्तिण भएका परिक्षार्थीहरुको राजश्व संकलन ७० जना, सवारी चालक अनुमति पत्रलिन आउनेको २०० जना मात्रै आउने कोटा तोकेको छ ।

तर सवारी चालक अनुमतिपत्र लाइन्सेन्स भने तत्काल नखुलाउने निर्णय गरेको कार्यालय प्रमुख सञ्जय थापाले बताए । रिट्रायल र नयाँ दर्ता तथा वर्ग थपकाे दर्ता ट्रायल परीक्षा र लिखित परीक्षा अर्काे सूचना नभएसम्म बन्द नै रहने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर