लालीगुराँस परिवारद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग – Nepal Press

लालीगुराँस परिवारद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौं । जर्मनीमा सक्रिय रहेको समाजसेवामा समर्पित संस्था लालीगुराँस परिवारले काठमाडौंको तारकेश्वर नगरपालिकाको साङ्गलामा सञ्चालित कोभिड १९ आइसोलेसन केन्द्रमा प्रयोग हुने गरी २ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

काठमाडौं महानगरपालिका-१६ को वडा कार्यलयका वडाध्यक्ष मुकुन्द रिजाल मार्फत तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरालाई हस्तान्तरण गरिएको हो ।

परिवारका अध्यक्ष टेक थापा ,उपाध्यक्ष सरिता आचार्य र वरिष्ठ सदस्य तथा अग्रज समाजसेवी डोर बाहादुर गुरुङको विशेष पहलमा परिवारको सम्पूर्ण सदस्यहरुको सहयोगमा संकलित रकमबाट कन्सन्टेटर एनआरएनए मार्फत नेपाल पुर्याइएको थियो।

तारकेश्वरका मेयर रामेश्वर बोहराले सहयोग ग्रहण गर्दै हाम्रो ठूलो समस्या हल भएको र हल गरिदिने सहयोगी संस्था लालीगुराँस परिवार र समन्वय गरिदिने काठमाडौं महानगरपालिका १६ लाई धन्यवाद ज्ञापन गरेका थिए ।

लालीगुराँस परिवारले नेपालमा आपत विपतदेखि हरेक सामाजिक काममा सहयोग गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *