मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दा प्रधानन्यायाधीशकै इजलासमा – Nepal Press

मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दा प्रधानन्यायाधीशकै इजलासमा

काठमाडौं । मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलगायतलाई विपक्षी बनाइएको मुद्दा प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा तोकिएको छ ।

प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरिसकेपछि पनि बारम्बार मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक रहेको भन्दै रिट परेको थियो ।

सर्वोच्चले आज दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।


प्रतिक्रिया

One thought on “मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दा प्रधानन्यायाधीशकै इजलासमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर