चर्को हवाई भाडा असुलीको छानविन गर्न मन्त्रालयद्वारा समिति गठन – Nepal Press

चर्को हवाई भाडा असुलीको छानविन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं । चर्को हवाई भाडा असुल गरिरहेका ट्राभल कम्पनीहरूमाथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन गर्ने भएको छ ।

चर्को भाडादर असुली सम्वन्धी गुनासोको छानविन गरी कारवाही सिफारिस गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम अन्तर्राष्ट्रिय उडान भइरहेको अवस्थामा केही ट्राभल एजेन्सीहरुले तोकिएको भाडादरभन्दा अत्यधिक चर्को भाडा असुल गरिरहेको गुनासो आएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर