नेप्से ७१ अंकको गिरावट, कारोबार रकम ११ अर्ब ६१ करोड – Nepal Press

नेप्से ७१ अंकको गिरावट, कारोबार रकम ११ अर्ब ६१ करोड

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ७१.०६ अंकले घटेर २८३४.४० अंकको विन्दुमा पुगेको छ ।

२२७ कम्पनीको २ करोड २५ लाख २२ हजार ४९१ कित्ता सेयर किनबेच भएको नेप्सेमा आज ११ अर्ब ६१ करोड कारोबार भयो ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ८.३७ अंकले घट्दै ५२०.१८ अंकको विन्दुमा कारोबार बन्द भएको छ । समूहगत परिसूचकतर्फ पनि १३ वटै सूचांक घटेका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको सूचांक ४५१.११ अंकले घटेको छ । त्यस्तै, नीर्जीवन बीमा समूहको कारोबार ४२९.६३, लघुवित्त समूहको १०५, विकास बैंक समूहको २१०.२१, जलविद्युत समूह १५०.२४ र उत्पादनमूलक समूह १७१.१९ अंकले घटेको छ । यसैगरी वित्त कम्पनीको सूचांक १२२.२० व्यापार समूहको २९.६३ र बैंकिङ समूहको ३४.२२ अंकले घटेको छ ।

नारायणी विकास बैंकका लगानीकर्ताले आज सबैभन्दा धेरै ९.९७ प्रतिशतले कमाएका छन् भने पोखरा फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९.२६ प्रतिशतले गुमाएका छन् । १ अर्ब ३० करोड रूपैयाँ बराबरको सेयर कारोबार गरेको नेपाल पुनर्बीमा कम्पनी कारोबार रकमका आधारमा अग्रस्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर