अस्मिता हत्याको छानविन गरी दोषीलाई कारबाही गर्न सांसदको माग – Nepal Press

अस्मिता हत्याको छानविन गरी दोषीलाई कारबाही गर्न सांसदको माग

कैलाली । शनिबार मृत भेटिएकी डडेल्धुरा परशुराम नगरपालिका-८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको हत्या भएको भन्दै सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले कारवाहीको माग गरेका छन् ।

सोमबार प्रदेशसभा बैठक सुरू भएलगत्तै एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहरा, माओवादीकी कुन्ती जोशी र नेपाली कांग्रेसका गोविन्दराज बोहराले घटनाको छानबिन गर्दै दोषीमाथि कारवाहीको माग गरेका हुन् ।

बोहराले कर्तव्य पालनाको क्रममा भएको हत्याले भर्त्सना गर्दै तत्काल छानविन गरी दोषी पत्ता लगाउन माग गरे ।

जोशीले प्रदेश सरकारले अनुगमन टोली बनाएर घटनाबारे छानबिन गर्नुपर्ने बताइन् । उनले राहत र क्षतिपूर्ति पनि माग गरिन् ।

बोहराले प्रदेश सरकार र संघीय सरकारबाट छानविन हुनुपर्ने बताए । उनले सुरक्षाको माग पनि माग पनि गरेका थिए ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरत खड्काले डोटीमा पहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउन माग गरेका थिए ।

असार २ गते आधारभूत स्वास्थ्य इकाई केन्द्र जमरानीबाट कोरोनाको वचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन हिँडेकी अस्मिताको शव जंगलमा फेला परेको थियो ।

उनको शव तीन दिनपछि आव जोगबुढा अस्पतालमा पोष्टमार्टम गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर