योगको उत्पत्ति भारतमा भएको होइन, भारतीय विद्वानले तथ्य लुकाउँछन् : प्रधानमन्त्री (भिडियाे) – Nepal Press

योगको उत्पत्ति भारतमा भएको होइन, भारतीय विद्वानले तथ्य लुकाउँछन् : प्रधानमन्त्री (भिडियाे)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगको उत्पत्ति भारतमा नभएको बताएका छन् । योग उत्पत्ति भएको बेला भारत भन्ने देश नै विश्वमा नरहेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले भारतीय विद्वानहरूले तथ्य लुकाउने गरेको आरोप पनि लगाए ।

उनले भने, ‘त्यसबेला हुँदै नभएको भारतको चर्चा भारतीयहरू गर्न रुचाउनुहुन्छ । योगको उत्पत्ति नेपालमा भएको, या उत्तराखण्डमा भएको भन्नुहुन्न ।’

ओलीले थपे, ‘यो भारत त्यसबेला थिएन । भारतमा त रजौटाहरु थिए । स-साना रजौटाहरूको एक खालको उपमहाद्वीपजस्तो थियो । त्यसमा पनि पतञ्जलीजस्ता महर्षिको जन्म भएको, कपिलमुनीले अभ्यास गरेको यहीँ हो । यस्ता तथ्यहरूलाई भारतीयहरूले लुकाउँछन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर