एमालेमा लागेका स्थानीय जनप्रतिनिधिको पद रिक्त गराउन माओवादीको आकस्मिक बैठक – Nepal Press

एमालेमा लागेका स्थानीय जनप्रतिनिधिको पद रिक्त गराउन माओवादीको आकस्मिक बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको आकस्मिक केन्द्रीय कमिटी बैठक बसेको छ । बैठक बिहान भर्चुअलरूपमा बसेको हो ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार नेकपा विभाजनपछि एमालेमा लागेका संघीय संसद र प्रदेशसभाका सदस्यहरूको पद रिक्त भए पनि स्थानीय तहका जनप्रतिनिधिहरूको पद निर्वाचन आयोगले रिक्त गर्न केन्द्रीय समितिको बैठकको निर्णय आवश्यक भनेकाले सोही प्रयोजनका लागि आकस्मिक बैठक बसेको हो ।

अध्यक्ष प्रचण्डले एमालेमा लागेका वडाध्यक्षदेखि मेयर उपमेयरसम्मलाई कारवाहीका लागि आयोगमा पत्राचार गरिए पनि हालसम्म पद रिक्त नभएकाले कानूनी प्रक्रिया पूरा गर्न बैठक बोलाइएको बताएका थिए ।

तर, स्थानीय तहका जनप्रतिनिधिका पद निर्वाचन आयोगले दलको निर्णयका आधारमा रिक्त गराए पनि सर्वोच्च अदालतबाट पुनर्वहाली हुने गरेका छन् ।

बैठकमा प्रचण्डले समसामयिक राजनीतिक परिवेश र पार्टीको भावी रणनीतिबारे जानकारी गराएका छन् ।

त्यस्तै युवा र समावेशी समुदायको सहभागिता सुनिश्चित गर्दै केन्द्रीय कमिटी विस्तारबारे पनि बैठकमा छलफल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर