पश्चिम नवलपरासीको निषेधाज्ञा असार १४ गतेसम्म थपियो – Nepal Press

पश्चिम नवलपरासीको निषेधाज्ञा असार १४ गतेसम्म थपियो

रुपन्देही । पश्चिम नवलपरासीमा जारी निषेधाज्ञा असार १४ गतेसम्मका लागि थप गरिएको छ । जिल्लामा कोरोना संक्रमण रोक्नका लागि छैठौंपटक निषेधाज्ञा थपिएको हो ।

यसअघिको मोडालिटिलाई निरन्तरता दिँदै निषेधाज्ञामा जिल्लास्थित मालपोत तथा नापी कार्यालयमा न्यूनतम कर्मचारीको उपस्थितिमा बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित रोक्का तथा फुकुवा सेवा प्रवाह गर्न दिइनेछ ।

तरकारी, फलफूल, खाद्यन्न, दूध, माछा÷मासु, अण्डा, एग्रोभेट, बिउविजन, रसायनिक मल, खाना पकाउने ग्यासलगायतका दैनिक उपभोग्य सामान बिक्री वितरण गर्ने पसल व्यवसाय तथा स्टेशनरी पसल बिहान ५ देखि दिउँसो २ बजेसम्म खोल्न पाइने छ । तर हाटबजार, मण्डीजस्ता भीडभाड हुने स्थानमा बिक्री वितरण गर्न भने पाइने छैन ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाले भौतिक दूरी कायम गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्दै कार्यरत कर्मचारीको आधा कर्मचारीबाट दैनिक बिहान १० देखि दिउँसो ३ बजेसम्म सेवा प्रवाहलाई निरन्तरता दिइएको छ । जिल्लामा वैशाख २१ गतेदेखि निषेज्ञाधा जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर